धरान ब्लाष्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार साँझ अवैध प्रवासीहरुबाट मारिएका व्यक्तिका परिवारसँग भेटघाट गरेका छन्। उनले एन्जल फेमिलिज नामक एक समूहलाई ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका थिए । भेटवार्तामा ट्रम्पले ति परिवारका सदस्यहरूलार्इ तपाईंहरूकाे परिवारका सदस्यको बलिदान खेर जान नदिने भन्दै, जुन पीडा तपाईंहरुले सहनुपर्यो त्यो व्यर्थ जान दिइने छैन। तपाईंहरुलाई देखिरहेको छु, सुनिरहेको छु, तपाईंहरुलाई निराश बनाउने छैन । भनि अाश्वासन दिदै अब योभन्दा बढी नराम्रो हुन नदिने प्रतिबद्धता जनाए ।