म्यानमार । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका २७ व्यक्तिमध्ये २३ जनाको शव भेटिएको छ।

 स्थानिय समाचार अनुसार आइतबार साँझसम्ममा हराएकामध्ये २३ व्यक्तिको शव भेटिएको जनाएको छ । अरु चार जनाको खोजी भइरहेको छ । तर उनीहरुलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना भने नरहेको अधिकारीहरुले जनाएका छन् । सेकी मुन भन्ने गाउँमा रहेको एक कम्पनीमा लगाइएको ९१ मिटर अग्लो पर्खाल मङ्गलबार बिहान अकस्मात भत्किएर सो दुर्घटना भएको थियो । पर्खाल भत्किएसँगै गएको पहिरोमा परेर उक्त कम्पनीको नजिकको बस्तीमा रहेका स्थानीयलाई बगाएको थियो ।