हनोई, । सोमबार भियतनामा भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ जना ज्यान गुमाएका छन् ।
बेहुलीको घर जाँदै गरेकाे बिबाहको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । बिबाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । रासस/एएफपी