पथरीशनिश्चरे / नेपाल भूमिहीन वसोवास समिति मोरङका अध्यक्ष पथरीशनिश्चरे १० नयाँमंगलबारे निवासी ओमनाथ उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृतयु भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीका नेता ६१ वर्षीया उप्रेतीको निधनमा गहिरो शोक व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले सोमबार उनको निवासमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार राती निधन भएका उनको सोमवार जिल्ला तहका नेता, कार्यकर्तासहित स्थानीयको ठूलो संख्याको उपस्थितीमा कन्काई नदीमा अन्त्येष्ठी गरिएको छ ।
स्थानीय नवदुर्गा सामुदायिक मन्दिरको अध्यक्ष रहेका उनी सोही मन्दिरको कामको शिलशिलामा विराटनगर गएर फर्किदै गर्दा मोटरसाइकल दुर्घटना भएको थियो । राती ७ः५० बजेको समयमा पूर्वपश्चिम मुख्य सडकको कानेपोखरीस्थित दहीखोला पुलमा मे.९ प २७७९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई खोलामा खस्दा उनी सहित मन्दिर समिति सचिव भरतमणि आचार्य सख्त घाइते भएका थिए । पथरी हस्पिटलपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ हस्पिटलमा पुरयाएपछि आन्तरिक रक्तस्रावका कारण मोटरसाइकल चालक उप्रेतीको राती नै निधन भएको हो । सोही मोटरसाइकलको पछाडी बसेका आचार्यको भनें खुट्टा र हात भाचिएको छ ।