ताप्लेजुङ / अदालतवाट जवर्जस्ती करणी मद्वामा २ वर्ष कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ फाकुम्वाका ४८ वर्षिय पूर्णवहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङवाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नं ६ मा लुकीछिपी वसेको अवस्थामा शनिवार पक्राउ गरेको थियो ।

जिल्ला अदालतले फैसला सुनाएको २८ वर्षपछि ४८ वर्षीय कृष्ण भन्ने पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो । अभियुक्त लिम्बूलाई आईतवार अदालतमा पेश गरिएको थियो ।
कैद भुक्तानीका लागि जिल्ला कारागार ताप्लेजुङमा पठाईएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिह थापाले जानकारी दिए । लिम्बूलाई अदालतद्वारा नगद तीन हजार ६२ रुपयाँ ५० पैसा समेत जरिमाना तोकिएको थियो । डिएसपी थापाले अदालतवाट सजाय घोषित फरार अभियुक्तहरुको खोजी अभियान जारी रहेको वताए ।