इटहरी / ठगी आरोपमा इटहरी ५ बाट लोकेन्द्रबहादुर कार्की पक्राउ परेका छन् । इटहरीकी ताराकुमारी विश्वकर्माले दिएको जाहेरीपछि उनी पक्राउ परेका हुन । घर बनाउँन १४ लाख ५० हजार दिएको लामो समय बितिसक्दा पनि घर नबनाएपछि उनले ठगीएको गुनासो गरेकी छिन् ।
कार्कीले पैसा फिर्ता माग्दा पनि बाउन्स चेक दिने दिदै हैरान गरेको बताईन । जेठ ३० गतेसम्ममा घर जग्गा पास गरिदिने भनेपनि भाका नाघिसक्दासम्म आधा काम पनि पुरा नगरेपछि र जग्गा पनि पास नगरिदिएपछि पीडितहरुले पैसा फिर्ता मागेका थिए ।
उनले यसअघि पनि धेरै मानिसको पैसा ठग्ने र पैसा फिर्ता माग्नेलाई प्रहरी र नेताको धाकधम्की देखाउने गरेको गुनासो गरिएको छ । उनले उनी विरुद्ध आवाज उठाउनेकै विरुद्ध अदालतमा मुद्धा हालेर हायल कायल बनाउने गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय इटहरीले कानुन बमोजिम कारवाहीका लागि अघि बढाउने जनाएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले ठगीमा मुद्धा दायर गरेको बताए ।