Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

alt
  • वैशाख ३, २०७६
  • ब्लाष्ट खबर
 
पेरिस (एएफपी) – फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ ।
 
फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको बितण्डा हेरेका थिए । आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो । अग्निनियन्त्रकहरुले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए । आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको थियो ।
 
विशिष्ट शैलीको यो छाना र शिखरलाई सुनौलो रङको आगोको लप्काले छोपेको थियो । यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा बिलिन बनायो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले मुलुकको आत्माका रुपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गरे । उनले अग्निनियन्त्रकहरुको प्रयासका कारण गिर्जाघर पूर्ण रुपमा क्षति हुनबाट बचेको बताए ।
 
पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउड ग्यालेटले नोट्रे–ड्याम गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए । करिब ४०० जना अग्निनियन्त्रकहरु रातभर आगो नियन्त्रणमा जुटेका थिए । मङ्गलबार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । प्रमुख ग्यालेटले गिर्जाघरको छाना र शिखर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।
 
फ्रान्सेली गृहमन्त्रालयका सचिव लरेन्ट नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्याँकन गर्न लागेको बताए । नुनेजले भवनको अवस्थालाई विचार गरेर मात्र थप अनुसन्धानको कार्य गरिने जानकारी दिए । “नोट्रे–ड्याम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो । हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौं । म आज अति दुःखित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु,” आगलागीको दृश्य नजिकबाट नियालीरहेका स्टेफानी साइगनुरीले बताए ।
 
आगोको लप्काले गिर्जाघरको छाना र शिखर ढाल्दा सडकमा उपस्थित मानिसहरुले “हे भगवान” भन्दै चिच्याएका थिए । आगलागीको कारणबारे तत्कालै थाहा हुन सकेको छैन, तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तीब्र गतिमा भइरहेको थियो । अग्नीनियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुन सक्छ । फ्रान्सेली अभियोजनकर्ताहरुले यस घटनालाई अद्यापी एक दुर्घटनाका रुपमा लिइएको बताएका छन् ।
 
इतिहासकारहरुले पनि भवनमा पुगेको क्षतिले भयभित तुल्याएको बताएका छन् । “पेरिस आइफेल टावर हो भने फ्रान्स नोट्रे–ड्याम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,” लेखक एवं धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेलेब बताए । यो क्याथेड्रल फ्रान्सको राजधानी पेरिसको लगभग मध्यभागमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यो भवन बनाइएको हो । यो १२ औं शताब्दीमा बनाइएको थियो । अठारौं शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यो क्याथिड्रलमा तोडफोड गरिएको थियो ।
 
धर्मविरोधी हिंसात्मक भिडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो, यहाँका बहुमूल्य वस्तुहरु लुटिएको थियो र बाहिर ढोकामा रहेका भव्य प्रतिमाहरु तोडफोड गरिएको थियो । यो गिर्जाघर बीसौं शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो । सन् १९४४ अगष्ट २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथिड्रलका घण्ट बजाइएका थिए । फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि बर्सेनि लाखौं पर्यटक फ्रान्स आउने गर्दथे । “पेरिस अब बिरुप भएको छ । अब यो शहर विगतको जस्तो कहिल्यै हुने छैन,” एक युवाले दुःखेसो पोखे ।
सम्बन्धित समाचार
विराटनगरको बजेट चार अर्ब ४० करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अ ...

बजेट ल्याउनमा धरान असफल

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले कानूनी समयसीमाभित्र आगामी आर्थिक वर्ष ...

झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना

भद्रपुर । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन मह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved