Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा

सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा

alt
  • वैशाख ४, २०७६
  • ब्लाष्ट खबर
 
खर्तुम,/  सुडानका अपदस्त राष्ट्रपति ओमर अल बशिरलाई कारागारमा राखिएको छ । राजधानी खर्तुममा रहेको कारागारमा उहाँलाई राखिएको उहाँको पारिवारिक श्रोतले बुधबार एएफपीलाई जानकारी दिएको छ । “
गएराति बशिरलाई राजधानी खर्तुममा रहेको कोबर कारागारमा लगिएको छ,” सुरक्षाका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बुधबार भन्यो । बशिरलाई गत बिहीबार सेनाले अपदस्त गरेको थियो । झण्डै चार महिनादेखि जारी आन्दोलनको आडमा सेनाले ३०बर्ष देखि शासन गरिरहेका बशिरलाई अपदस्त गरेको हो । उहाँलाई अपदस्त गरेर सैन्य नेतृत्वले सैन्य परिषद् गठन गरी त्यसै मार्फत् शासन चलाउने घोषणा गरेको छ । राजधानीको उत्तरी क्षेत्रमा रहेको कारागार बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
 
कारागार बाहिर खटाइएका सुरक्षाकर्मीहरुलाई ठूला ठूला हातहतियार, सवारी साधनलगायत उपलब्ध गराइएको छ । बशिरलाई राखिएको कारागार बेलायती शासकहरुले बनाइदिएका हुन् । सुडानलाई उपनिवेश बनाएका बेला बनाइएको कारागार क्षेत्रमै बशिर हुर्किनु भएको थियो । सो कारगारलाई पहिला पहिला कोबर नामाकरण गरिएपछि बशिरले पछि ओमर अल मुख्तर नामकरण गर्नु भएको थियो । कारागार निकै ठूलो पर्खालले घेरिएको छ ।
 
बशिरलाई राखिएको कारगारामा अरु पनि थुप्रै राजनीतिक व्यक्तिहरुलाई राखिएको थियो । गत चार महिना भएका आन्दोलनका क्रममा बशिरले नै धेरै नेताहरुलाई यस कारागारमा राख्न लगाउनु भएको थियो । अहिले आफैँ सो कारागारमा बस्नु परेको छ । पाउरोटीको मुल्यबृद्धि फिर्ता गर्नु पर्ने मागबाट सुरु भएको आन्दोलन चर्किदै र हिंसात्मक हुदै गएपछि अहिले ३० बर्षदेखिको शासकलाई कारागार पु¥याउने सम्म आइपुगेको छ । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका बेला सेनाले उहाँलाई पदमुक्त गरेपछि पनि आन्दोलन रोकिएको छैन । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु स्वागतयोग्य भएपनि सेनाले नै शासन लिनु भने ठिक नभएको भन्दै नागरिक सरकार बनाउन माग गरेका छन् । सुडानका विपक्षी पार्टीहरु, नागरिक अगुवा र कतिपय अन्तर्राष्ट्रिय निकायहरुले नागरिक सरकार गठन गर्नका लागि दवाव दिइरहेका छन् । केही दिन अगाडि गठन भएको अन्तरिम सैन्य परिषद्लाई नागरिक सरकारमा परिणत गर्न उनीहरुले माग गर्दै आएका छन् । तर शासन हातमा लिएका सैन्य अधिकारीहरुले भने अहिले सम्म सत्ता सहजै हस्तान्तरण गर्ने संकेत नगरेकाले आन्दोलन चर्किदै गएको छ ।
सम्बन्धित समाचार
विराटनगरको बजेट चार अर्ब ४० करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अ ...

बजेट ल्याउनमा धरान असफल

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले कानूनी समयसीमाभित्र आगामी आर्थिक वर्ष ...

झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना

भद्रपुर । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन मह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved