Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

  • जेठ १, २०७६
  • रासस

तुलसीपुर । उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताए ।

उहाँका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ । उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ ।

उनले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताए । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ ।

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो ।

किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताए ।

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ ।

उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताए ।

सम्बन्धित समाचार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत

इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड ...

नक्कली प्रहरी बनेर लुटपाट

विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले ...

धान दिवसको अर्थ

यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ राष्ट्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved