Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

alt
  • साउन २४, २०७६
  • रासस
 
काडमाडा‌ै‌ / कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुनेछ ।
नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो । त्यस्तै कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ । एन्फाका अनुसार नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा हुनेछ । यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ । त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ ।
त्यसबाहेक नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रञ्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन् । त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुव श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र भरत खवास छन् । –––
सम्बन्धित समाचार
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते

विराटनगर ।  विराटनगर – ३ मा रहेको बाल सुधार गृहमा झडप भएको छ। आज दिउँस ...

पहिरोमा परी इलाममा एक जनाको मृत्यु

इलाम / पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका ...

धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने

धरान । सुनसरीको धरानमा  कोरा राइड साइकलिङ च्यालेन्ज हुने भएको छ ।  ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते
पहिरोमा परी इलाममा एक जनाको मृत्यु
धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने
दुहबीमा सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला
कानूनमै नभएको अधिकार प्रयोग गर्न खोज्दै धरान नगर प्रमुख
प्रदेश सरकारको पहलमा निर्मित बोरिङको अनुगमन
प्रा.डा. विक्रम श्रेष्ठ बीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त
बढ्दो सडक दुर्घटनामा विकल्प सोच्ने कि !
आजको राशिफलः २०८२ साल साउन २८ गते बुधबार
सुनको मूल्यमा सामान्य गिरावट
रुख ढल्दा १५ घरमा क्षति
सुनसरीमा दैनिकजसो दुर्घटना
फोनिजले मनायो २६ औं स्थापना दिवस
७८ केजी गाँजा बरामद
हुलाकी राजमार्गका ठेकेदारलाई कारबाही गर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved