वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका-१ भण्डारीटारकी १८ वर्षीया किशोरी काजल साहले नहरमा हाम फालेर आत्महत्या गरेकी छन् ।

सुनसरी मोरङ सिंचाइ योजनाको चतराको ओल्ड इनटेकस्थित नहरमा हामफालेर आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।

मंगलवार बिहान १० बजे मृतकले आत्महत्या गरेको सुचना पाए पछि सशस्त्र प्रहरी पोष्टका इन्स्पेक्टर अशोक न्यौपानेको नेतृत्वमा प्रहरी टाेली पुगेको थियो । दिउसो १ बजे नहरबाट शव निकालिएको थियो ।

लाश पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतकले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

चतराको आदर्श माविको कक्षा १२ मा पढ्दै आएकी थिइन् । उनी मामाको घरमा बसेर पढ्दै आएकी थिइन् । उनका बाबुआमा भारतमा भएको बताइएको छ ।