कालाबन्जर ।  सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित एक घरमा आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलबार विहान ११ वजे खरको छानो भएको घरमा लागेको आगोले सुदिप राईको ४ बर्षीय छोरा सुक्रिन राईको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघटीका प्रमुख शरणकुमार दाहालले जानकारी दिए । आगलागीबाट घर पनि पूर्णरुपले जलेर नष्ट भएको छ । मृतक बालकको पोस्टमार्टमका लागि धरानकस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घट्नामा बालकी आमा हरिमाया राई सामान्य घाइते भएकीछन् ।