Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • जगन्नाथ गाउँपालिकामा बम विस्फोट

जगन्नाथ गाउँपालिकामा बम विस्फोट

alt
  • चैत ३, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो ।

सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन् । अज्ञात समूहले आज बिहाज कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरी प्रमुख भट्टराइले  बताएका छन् । गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा बम विस्फोट गराइएको हो ।

बम विस्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्लामा चन्दा आतङ्क मच्याइरहेको स्रोतका दाबी छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताए । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा बम राखिएको थियो ।

जिल्लामा बम राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शङ्कास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ । गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बम विस्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्रसित बनेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार
धरानमा एक युवालाई भयो रेबिज

धरान । रेबिज भएको कुकुर वा पाल्तु जनावरबाट सर्ने रेबिज रोग २८ वर्षीय एक युव ...

निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका ...

विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले होटल म्यानेजमेन्टमा गुणस् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved