लक्ष्मीमार्ग । लोकतन्त्रका निम्ति घातक २ वटै अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब दिन शुक्रबार बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थलहरुमा ‘साङ्केतिक विरोध प्रदर्शन’ को निम्ति नेपाल विद्यार्थी संघको आव्हान अनुसार मोरङको सुन्दरहरैचा नगरपालिकाको कार्यालय अगाडि सडकमा प्रदर्शन भएको छ ।

नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस ईकाई समितीले उक्त प्रदर्शन गरेको हो  । सरकारले राहतमा राजनिती गरेको , लकडाउन गरेर सरकार नै भ्रष्टचारमा लिप्त भएको, सरकार नै सांसदको अपहरण गर्न सामेल भएको कारण सरकारको ध्यानाकर्षण गर्न सांकेतिक विरोध आयोजना गरेको नेपाल विद्यार्थी संघका मोरङ ३ नम्बर क्षेत्रीय सभापती होमनाथ पोखरेल बताउछन् ।

 यता सरकारले चौतर्फी विरोध भएपछि विवादास्पद बनेकाे दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।  शक्रबार नै बसेकाे  मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।