धरान / पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् ।
प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण (किसान) श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर उनीहरु त्यहाँ पुगेकाहुन । पीडित अपहरणमा परेका भनिएका सांसद डा. सुरेन्द्र यादव पनि प्रहरी कार्यालयमा पुगेका छन् ।

मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो पुगको बताइएको छ । तर प्रहरीले महोतरीमा जानु भन्दै. मसद्धा दर्ता गर्नआनाकानी गरेको श्रोतले बतायो ।

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले गत मंगलबार जनकपुरबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई होटलमा राखेको आरोप छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफुलाई काठमाडौं ल्याएकोयादवलेबताउदैंआएका छन् ।