ब्लाष्टखबर । सोमाबार विहान भएको अन्तरसम्बाद कार्यक्रममा अतिथि पूर्व प्रधान मन्त्री बाबुराम भटटराईले प्रयोग गरेका भाषा तथा विचारहरुप्रति रेडियो नेपालका कार्यकारी निर्देशक सुरेसकुमार कार्कीसंग स्पष्टिकरण सोधिएको छ ।
नवराज लम्सालद्धारा संञ्चालित उक्त कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली लक्षित प्रयोग गरेका भाषाहरु प्रति असन्तुष्टी जनाउदै संञ्चार तथा सुचना प्रविधि मन्त्रालयले स्पष्टिकरण सोधेको हाे । मंगलबार नै परिषदको निर्णय भन्दै संञ्चार तथा सुचना प्रविधि मन्त्रालयको लेटर प्याडमा अर्को स्पष्टिकरण सोधिएको छ ।
सचिव दिपक सुवेदीको हस्ताक्क्षर रहेको पत्रमा कार्कीले संञ्चार मन्त्रीसंग सम्झैता गरेका उल्लोखित सुचकाकंहरु सन्तोषजनक प्रगती हुन नसकेको र वार्षिक कार्यक्रमहरु समयमै सम्पन्न गर्न नसकेको लगायत खुमल्टार टङन्समिटरको ४२ रोपनि जग्गाको भाडालगाएको विषयमा स्पष्टिकरण मागेको छ ।
उक्त पत्रमा गत चैत्र ९ गतेको स्पष्टिकरण माग गर्ने मन्त्रीपसिषदको निर्णय देखाउदै ७ दिन भित्र स्पष्टिकरण पेस गर्न भनिएको छ । त्यस्तै सहसचिव राधिका अर्यालको हस्ताक्षर रहेको पत्रमा भने ‘अन्तरसंवाद कार्यक्रममा बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरूद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रशारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्रमा स्पष्टिकरण पेश गर्नुहुन वैशाख १५ को मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ,’भनिएको छ ।
उता निर्देशक कार्कीले भने उक्त र्काक्रममा भट्टराईले प्रम ओली प्रति लक्षीत गरी प्रयोग गरेको भाषा र विचारप्रति आफूहरु दुखी भएको भन्दै, प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रमको सम्पादन गर्न नसकिएकोले क्षमा मागेका छन् । उनले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।