ताप्लेजुङ । शुक्रबार राती ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएकाछन् भने ३२ परिवार प्रभावित भएका छन् । यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ । आज बिहान संकलन भएको प्रारम्भिक विवरण अनुसार ८ घर परिवार सहित ति घरमा पसल, डेरा गरि बस्ने ३२ परिवार विस्थापित बनेका छन् ।

11

साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भईनसकेको र अनुमान समेत गर्न सकिने अवस्था नरहेको बताईएको छ । आगलागी पीडितहरुलाई ताप्लेजुङ बहुद्धेशिय सहकारी संस्थाले प्रति परिवार २ हजारका दरले राहत वितरण गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटिले समेत राहत प्रदान गर्ने तयारी गरिरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले भने क्षतिको पुर्ण विवरण आईसके पछि राहत उपलब्ध गराउने तयारी भएको जनाईएको छ ।

33

शनिबार बिहान बसेको सर्वपक्षिय बैठकले क्षतिको विबरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मोहन पोखरेलको संयोजकत्वमा ४ सदस्यि समितिको गठन गरेको छ । उक्त समितिले क्षतिको विवरण संकलन गरिरहेको छ । शुक्रबार राती करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भट्टराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठग बहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह, विष्णु कार्कीको घर जलेको हाे ।

यस्तै जिल्ला फुटबल संघ, पाथीभरा ट्याक्सी काउण्टार, जिल्ला प्याब्सन, नेपाली काँग्रेस, अलैँची व्यवसायी संघ र वल्र्ड मनि ट्रान्सफरका कार्यालय मा समेत क्षति पुगेको छ । आगलागीको कारण खुलेको छैन । आगलागी ३ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय आगलागी नियन्त्रणमा खटिएका थिए ।

 

22