धरान  / नेकपा धरान वडा नं. ७ ले एकल महिलालगायतक विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
वडा अध्यक्ष जीवन सुवेदीको समन्वयमा पहिलो चरणमा ८० जनालाई प्रति परिवार १० केजी आधाकेजीन्यूटला, एक केजी दाल एक लिटर तेल वितरण गरिएको नेकपा नगरकमिटी सदस्य ठाकुर कार्कीले जानकारी दिए ।

उक्त राहत सामाग्री नेकपा वडा नं. ७ का अध्यक्ष धनकुमार कन्दङ्ग्वा, सचिव मुक्तिबन्दु अधिकारीले वडा अध्यक्ष जीवन सुवेदीलाई हस्तान्तरण गरेका थिए । सुवेदीले ती विपन्न परिवारलाई वितरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य बेणु काफ्ले, नगर कार्यपालिका सदस्य गिता पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।