उर्लाबारी / उर्लाबारी नगरपालिकाले लकडाउनको डेढ महिनाको अवधिमा २ हजार ८ सय ८ विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।
नगरपालिकाकाले लकडाउनबाट प्रभावित बनेका बिपन्न परिवारलाई राहत स्वरुप निम्नतम ७ देखि २५ केजी सम्म चामल, ३ केजी दाल, तेल, नुन र सावुन सहितको राहत उपलब्ध गराएको नगर प्रमुख खड्ग फागोले बताउदै लकडाउन अवधीमा आवश्यकता अनुसार राहत बितरणलाई निरन्तरता दिइने बताएका छन ।
नगरपालिकाले वडा नं.–१ मा ४ सय ९०, वडा नं.–२ मा २ सय ६९, वडा नं. –३ मा ३ सय २४, वडा नं. –४ मा २ सय ७४, वडा नं. –५ मा २ सय १५, वडा नं. –६ मा २ सय ५८, वडा नं. –७ मा ४ सय २१, वडा नं. –८ मा ३ सय १७ र वडा नं.– ९ मा २ सय ४० बिपन्न परिवारलाई खाध्यन्न सहितको राहत सामाग्री उपलब्ध गराएको नगरपालिकाका अधिकृत भरत अधिकारीले बताएका छन ।