भद्रपुर / भद्रपुर ८ नम्बर वडा भित्रकामध्ये एक सय घर परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ ।
बन्दाबन्दीका कारण रोजगारी गुमाएर आर्थिक अभावले खाद्यन्न खरिद गर्न नसक्ने अति विपन्न वर्गका नागरिकलाई राहत वितरण गरिएको हो ।
विपन्न परिवार पहिचान पश्चात चेतनशील टोल विकास संस्था तथा भद्रशिवा टोल विकास संस्थाले प्रति परिवार १२ किलो चामल, एक केजीे दाल, एक केजी नुन राहत स्वरुप वितरण गरेका थिए । प्रति परिवार ७ सय १५ रुपैयाँ बरावरको खाद्यन्न वितरण गरिएको चेतनशील टोल विकास संस्थाका सल्लाहकार धनप्रसाद शिवाकोटीले जानकारी दिए ।
चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वडा कार्यालयलाई अनुदान स्वरूप एक लाख १५ हजारको खाद्यान्न राहत स्वरूप दिएपछि सोही खाद्यान्न टोल विकासले अति विपन्न पहिचान गरी वितरण गरेका हुन् ।
चेतनशील टोल विकास संस्थाका अध्यक्ष कर्ण थापाको नेतृत्व तथा वडाध्यक्ष गौरव सुब्बा मनोजको रोहवरमा वितरण गरिएको थियो । कार्यक्रममा पूर्व वडाध्यक्ष जगदिश जोशी, वडा सदस्यहरू भगवती बस्नेत, इन्द्रसिंह राजवंशी, निमलाल राजवंशी, भद्रशिवा टोल विकास संस्थाकी अध्यक्ष समिता राईलगायतको उपस्थिति रहेको थियो ।