सप्तरी । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको ड्युटीमा रहेकै बेला मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीका अन्ुसार जिल्ला प्रहरी कार्यालयभित्रै ड्युटी गरिरहेको बेला आज बिहान ३७ वर्षीय मगरको मृत्यु भएको हो ।
उदयपुर घर भएका मगरको मृत्युको कारण खुलेको छैन् । पोष्टमार्टम रिपोर्टका लागि गजेन्द्रनारायणसिंह अस्पताल लगिएको छ ।
यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।