धरान /  लकडाउनमा प्रविधीको प्रयोग गरेर ४० जिल्लाका ६२ पत्रकारहरुले एक साता लामो विपत् व्यवस्थापनबारे छलफल गरेका छन् ।  नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहकार्यमा सम्पन्न छलफलको समापन विहीबार गरिएको थियो ।

विपत्को समयमाप त्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यका विषयमा विस्तृत छलफल भएको थियो । विपद् व्यवस्थापनमा मिडिया हाउसको तयारी तथा पत्रकारहरु विपदका बेला अपनाउनु पर्ने सुरक्षाबारे छलफल भएको थियो ।

बर्नमथ युनिभर्सिटीका प्राे. आइनार थोरसन र सञ्चार विज्ञ डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा सहजिकरण गरेका थिए । थोरसन बर्नमथ युनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन पनि हुन । डा. चिन्डु पत्रकारिता विभागका प्रमुख तथा रेडिफ डटकमका पूर्व सहायक सम्पादकसमेत हुन । उनी विशेष खोज पत्रकारिताका विशेषज्ञ मानिन्छन् ।

प्रेस इन्ष्टिच्यूटका तर्फकाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपालीले सहजीकरण गरेका थिए । यसैगरी युनिभर्सिटीमा कन्सल्ट्यान्सका रुपमा कार्यरत विज्ञान शर्माले पनि सहजिकरण गरेका थिए ।

नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गरे । पत्रकारको चाहनालाई सम्मान गर्दै अर्को समूहका लागि पनि तालिम दिने तयारी भैरहेको जानकारी दिए । तालिममा सहभागीहरुले विपद् व्यवस्थापन विषयमा फिचर स्टोरी गर्ने छन् । उनीहरुलाई बर्नमथ युनिभर्सिटी र नेपाल प्रेस इन्स्टिच्युटले प्रमाण पत्रसमेत उपलब्द गराउने इन्स्टिच्युटका प्रशिक्षण प्रमुख तथा कार्यक्रम संयोजक कपिल काफ्ले जानकारी दिए ।