उर्लाबारी । उर्लाबारी नगरपालिकाको संकट व्यवस्थापन समितिको शुक्रबार भएको बैठकले खाध्यन्न सहितका दैनिक उपभोग्य अतिआवश्यक सामाग्री बिक्री गर्ने पसल खुल्ने निर्णय परिवर्तन गरेको छ ।
नगर प्रमुख तथा सो समितिका संयोजक खड्ग फागोको अध्यक्षतामा भएको बैठकले यस अघि हप्तामा तिन दिन मात्र बजार खोल्ने निर्णय गर्दा भिड्भाड बढेकोले आईतबार देखि शुक्रबार सम्म बिहान १० बजे सम्म नगर क्षेत्रका बजार खोल्ने निर्णय गरीएको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताएकी छन ।
समितिले यस अघि आईतबार, मंगलबार र बिहीबार बिहान १० बजे सम्म हप्तामा तिन दिन मात्र बजार खोल्ने निर्णय गर्दा व्यापारी र उपभोक्तालाई असुविधा भएकोले दैनिक खोल्ने निर्णयले दुबै पक्षलाई सहजता हुने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताएका छन ।