उर्लाबारी । शुक्रबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले उर्लाबारी नगरपालिकाको विपद कोषमा १ लाख ९२ हजार ८० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख तथा उक्त कोषका संयोजक मेयर खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीलाई नेकपा मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठले हस्तान्तरण गरेका हुन । नगरमा ठूलो दलले राहत कोषमा राहत राहत नदिएको चर्चालाई सो पार्टीका नगर अध्यक्ष उमाकान्त गौतमले लकडाउनको अवधी यकिन नभएकोले केही ढिला सम्म भएको बताउदै नगरभित्र आवत जावतमा समस्या भएर नै केही ढिला भएको बताएका छन । साथै नगरका बिकास निर्माण एवं विपदको समयमा साथ दिन तयार रहेको बताउदै लकडाउनका अवधी र नगरपालिकाको अवस्था हेरेर थप सहयोग समेत गर्ने बताएका छन ।
सो कार्यक्रममा नगर प्रमुख फागोले नगरमा अन्य दलको भन्दा बढी सहयोग गरेकोमा प्रशंशा गर्दैे प्राप्त सहयोगलाई नगरको एकदर प्रणाली अन्तरगत विपन्न परिवारलाई राहत उपलब्ध गराउने बताएका छन ।
यसअघि नेपाली कांग्रेस नगर समिति उर्लाबारीले १ लाख ७ हजार ६ सय,नेपाल तरुण दल नगर समिति उर्लाबारीले ५१ हजार ५ सय, जनता समाजवादी पार्टी उर्लाबारीले ५१ हजार १९ रुपया, राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीले २५ हजार १९ रुपया र संघीय लोकत्रान्त्रिक मंच संघिय लिम्बुवान मञ्च उर्लाबारीले २० हजार रुपैया सहयोग गरेको थियो ।
यसैगरी शुक्रबार उर्लाबारी पार्टी प्यालेसका अध्यक्ष बेलबहादुर कार्कीले पनि नगरको बिपद कोषमा नगर प्रमुख फागोलाई १५ हजार र नेपाल दर्शन कलेज उर्लाबारीले १० हजार प्रदान गरेका नगरपालिकाका अधिकृत भरत अधिकारीले बताएका छन ।