उर्लाबारी । उर्लाबारी नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथाम एवं राहत वितरणमा ४४ लाख ९८ हजार ७ सय १३ रुपया“ खर्च गरेको छ ।
आईतबार भएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम नगर समन्वय समितिको बैठकमा लकडाउन शुरु भए देखिको ४८ दिनको अवधीमा लकडाउनबाट प्रभावित बनेका बिपन्न बर्गलाई वितरण गरीएको खाध्यन्न तर्फ ३० लाख ८७ हजार ५ सय ९३ रुपया, औसधीजन्य सामाग्री खरिद तर्फ ९ लाख ४ हजार ७ सय ७४ रुपया अन्य तर्फ ४ लाख ९७ हजार ३ सय ३६ रुपया र क्यारेनटाईन व्यवस्थापनमा ९ हजार १० रुपया खर्च अनुमोदन गरेको थियो ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको उक्त बैठकमा नेकपाका अध्यक्ष उमाकान्त गौतम, नेपाली कांग्रेसका सभापति बिरबल थापा, राप्रका अध्यक्ष देवीप्रसाद दाहाल, संघिय लोकत्रान्त्रिक राष्ट्रिय मंच संघिय लिम्बुवान नेपालका अध्यक्ष बरुण लाबुङ, सामाजीक अगुवा रुद्रबहादुर तामाङ, मंगलबारे अस्पतालका प्रमुख डा.योगेश मण्डल, नेपाल रेडक्रस सोसाईटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई सहितका वक्ताहरुले नगरपालिकाले कोरोना नियन्त्रणमा चलाएको कदम प्रभावकारी बनेको, खर्च अत्यन्तै मितव्यायी र पारदर्शी गरेको बताउदै कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी कार्य संम्पादन गर्न र कृषी क्षेत्रलाई प्राथमिकता दिएर कार्य गर्न सुझाव गरेका छन ।
नगर कार्यपालिका र सर्वपक्षियको उक्त बैठकमा नगर प्रमुख फागोले कोरोना नियन्त्रण सगैँ बिकास निर्माणलाई अगाडी बढाउन चुनौती रहेको बताउदै लकडाउन अवधीको खानेपानी, बिधुत महशुल एवं घरभाडा छुट्का बिषयमा परामर्श अगाडी बढाउने बताएका छन ।