भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित नन्कु टोलमा आज दिउँसो भएको आगलागीबाट करिब दुई लाख बराबरको क्षति भएको छ ।

स्थानीय कादिर मियाको भान्सा घरबाट आगलागी हुँदा सो बराबरको क्षति भएको हो । आगलागीबाट दुईवटा फुसको घर र एउटा टिनको छानो भएको बस्ने घर, उक्त घरभित्र राखेको नगद १० हजार, १० मन धान, १५ मन चामल,२० मन गहुँ ,२२ तोला चाँदीको गहना,५ वटा विभिन्न कम्पनीको मोबाइल सेट,दुइटा ब्राख,भाडावर्तन,साइकल लगायत जलेर नष्ट भएको कादिरिमयालेजानकारी दिए ।  आगलागीलाई स्थानीयबासी,सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएका थिए ।