कालाबञ्जार । वराहक्षेत्र नगरपालिका ३ नम्बर वडाको वडा कार्यालय निर्माणका लागि आइतबार शिलान्यास गरिएको छ ।
वराहक्षेत्र–३ स्थित नडाहामा कार्यालय निर्माणका लागि वडाध्यक्ष रुद्र दाहालले वडा कार्यालयको शिलान्यास गरे । वडा कार्यालयले गत वर्ष नै कार्यालय बनाउने निर्णय गरे पनि विविध कारणले ढिलाइ भइरहेको थियो । अबको डेढ महिनाभित्र वडा कार्यालय बनाइसक्ने लक्ष्य लिएको छ । वडा कार्यालय निर्माणका लागि ९ सदस्यीय समिति गठन गरिएको छ । केशव पुरीको अध्यक्षतामा गठित समितिले चाँडै नै भवन निर्माण गर्ने लक्ष्य लिएको बताए । वडा कार्यालय निर्माणका लागि नगरपालिकाले बजेट नदिए वडाबासीले स्वस्फुर्त रूपमा आफै बजेट खोजेर निर्माण गर्ने उनले बताए ।