देउराली । इटहरीमा खेल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ काे मृत्यु भएकाे छ ।  

इटहरी उपमहानगरपालिका १६ का ३५ बर्षीय बिष्णु चौधरीकाे घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा आज (साेमबार) बिहान घटनास्थलमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

बालग्राम चाेक नजिकै सुकुम्बासी क्षेत्रमा बस्ने चौधरीले घर नजिकै रहेकाे विद्युत प्रसारण लाइनकाे नाङ्गाे तारकाे प्रयाेग गरी खाेल्सामा माछा मार्न खेज्दाँ आफैलाई करेन्ट लागेकाे इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । 

अविवाहित रहेका मृतक चाैधरी अन्दाजी ७० वर्षीय आमासंग बस्दै आएकाे  डिएसपी भण्डारीले बताएका छन् ।