ब्लाष्टखबर । घरबाट खेत जान भनी निस्किएका खोटाङको खोटेहाङ गाउँपालिका-७ का ५५ बर्षीय पदम बहादुर भुजेल ५ दिन पछि मृत फेला परेका छन् ।
बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र मृत फेला परेकाे इलाका प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।
मृतक भुजेल वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परे पछि प्रहरी कार्यालय खाेटाङबाट घटना स्थल पुगेकाे प्रहरी टोलीले घटना स्थलकाे मुचुल्का उठाइ थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।