उर्लाबारी । उर्लाबारी वित्तिय कारोवार गरी नाफा आर्जन उदेश्यले स्थापना भएका बैक तथा वित्तय संस्थाहरुले नगरको कोराना नियन्त्रण तथा रोकथाम कोषमा आर्थीक तथा जिन्सी गरेका छैन ।

प्राय: अधिकांश बैकहरुले अन्य समयमा सामाजीक क्षेत्रमा प्रत्येक आर्थीक बर्षमा बिद्यालय, स्थानिय संघ–संस्था, वालगृह आदीलाई सहयोग गर्दै आएको भएता पनि यति ठू्लो महामारीमा सहयोग नगर्नु विडम्वना भएको प्रतिक्रिया सामाजीक अगुवाहरुले दिएका छन ।

नगरको बजार क्षेत्रलाई केन्द्र बिन्दु मानेर प्राईम कर्मसिल बैक, कृषी बिकास बैक, माछापुच्छ्रे बैक, नेपाल बैक,नेपाल ईन्भेष्टमेन्ट बैक, सिदार्थ बैक, सिभील बैक, राष्ट्रिय सहकारी बैक, कुमारी बैक, एक्सल डेभलपमेन्ट बैक, राष्ट्रिय बाणिज्य बैक, गरीमा बिकास बैक, मुक्तीनाथ बिकास बैक, प्रभु बैक, नविल बैक, मितेरी डेभलपमेन्ट बैक, सप्तकोशी डेभलपमेन्ट बैक, बैक अफ काठमाण्डौ, कामना सेवा बिकास बैक, नेपाल ग्रामीण बिकास बैक, एनएमबि बैक सहितका बैक एवं जिवन बिकास, फस्ट माईक्रो फार्ईनान्स, फरवार्ड, नेरुडे, नाडेप, समिट, ईन्फिनीटीभ, आशा लघुवित्त सहितका संस्थाहरुले वित्तीय कारोवार गर्दै आएका भएता पनि जिवन बिकास संस्था बाहेक अन्य कुनै बैक तथा वित्तिय संस्थाहरुबाट सहयोग प्राप्त नभएको नगरपालिकाका अधिकृत भरत अधिकारीले बताएका छन ।

यस बिषयमा नगरको कोरोना रोकथाम तथा नियन्त्रण समिति सदस्य एवं सामाजीक अगुवा रुद्रबहादुर तामाङले नगरका अन्यत्तै सानो आर्थीक कारोवार गर्ने सवै सहकारीहरुले कोषमा सहयोग गरेको अवस्थामा बैकहरुका शाखाले उर्लाबारीका ग्राहक सगँ कारोबार गरी आय आर्जन गरेको हुनाले यस्तो विपतीमा नगरको कोरोना कोषमा आर्थीक सहयोग गरेमा सामाजीक दायित्व हुने बताएका छन भने एनएमबि बैकका प्रदेश नं. –१ का निक्षेप व्यवस्थापक मेघराज तिम्सिनाले आफनोे बैकले नगरको कोरोना कोषमा सहयोग नगरे पनि प्रदेश सरकारलाई १ सय थान पिपिई तथा ताप्लेजुङ र फिदीमका नगरपालिकालाई भने आर्थीक सहायता उपलब्ध गराएको बताउदै उर्लाबारी नगरपालिकाका बिषयमा छलफल गर्ने प्रतिक्रिया दिएका छन ।