कालाबन्जार । सरकारले गरेको लकडाउनका कारण संखुवासभामा अलपत्र परेका बर्दियाका २२ जनालाई वराहक्षेत्र ३ नम्बर वडा कार्यालयले उद्धार गरी घर पठाएको छ ।
वडा कार्यालयले संखुवासभाको अपर खोला हाइड्रोपावरमा कार्यरत २२ जना बर्दिया जिल्लाका विभन्नि स्थानमा मानिसहरूलाई उद्धार गरिएको हो । वडाध्यक्ष अध्यक्ष रुद्रप्रसाद दाहालले वडा कार्यालयले उनीहरूलाई उद्धार गरेको हो ।
उनीहरू वैशाखा २५ गते हिँडेरै चतरासम्म आइपुगेका हुन् । बर्दियाबासी बस्मिराम थारुका अनुसार हाइड्रापावर कम्पनीका साहुँहरुलाई बारम्बार घर जानका लागि वातावरण बनाइदिन भन्दा पनि सुनुवाइ नगरेकाले हिँडेर आउन बाध्य बनेको बताए । उनले काम गरेको पैसा पनि नपाएको बताए । उनीहरू गत माघदेखि त्यहाँ कामका लागि आएका थिए ।
उनीहरूलाई घर पठाउनका लागि जिल्ला प्रशासन कार्यायलसँग सहकार्य गरिएको छ । जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरूसँगको सहकार्यमा उनीहरूलाई घर पठाइएको छ । त्यसका लागि बर्दिया, मोरङका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरिसकिएको छ । इलका प्रहरी कार्यलय चक्रघट्टी, भरौल, इलका प्रहरी कार्यलय कालाबन्जारलगायतले उद्धार गरी मंगलबार बिहान घर पठाइएको छ । दैनिक १७ हजार रुपैयाँ तिर्ने शर्तमा अध्यक्ष दाहालले उनीहरूलाई गाडी रिजर्भ गरेर घर पठाइदिएका छन् ।