ब्लाष्टखबर ।   दिल्ली र विहराकाे छाप्राबाट  मोरङ, सुनसरी र झापाका १५  युवा विराटनगर जाेगवनी नाकाबाट नेपाल छिरेका छन् । 

जाेगबनी आइपुगेका उनिहरूलाइ साेमबार राती भारतीय सुरक्षाकर्मी नेपाल पठाएका हुन् । 

 नेपाद छिरेका उनिहरू मध्याे ११ जना दिल्लाी स्थित ओपाे माेवाइल कम्पनीमा काम गर्ने बताएका छन्, उनिहरू दिल्लीबाट हिडेर ११ दिनमा जाेबनी नाका आइपुगेकाे उनिहरूले बताएका छन् । 

नेपाल छिरेका १५ युवा मध्याे ४ भातकाे विहार राज्य स्थित छाप्राबाट अाएकाे बताइएकाे छ । उनीहरूले छाप्रामा ठेलामा चाउमीन समाेसा लगायत बेच्ने गरेकाे गरेकाे बताएका छन् ।

जाेगवनीबाट नेपाल छिरेकाहरू मध्याे झापाकाे कन्काई नगरपालिका र  शिवसताक्षी नगरपालिकाका ४ जना, सुनसरीकाकाे धरान उपमहानगरपालिका–२० का मंगलसिंह तामाङ सहित  इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिकाका गरी ९ जान,  माेरङकाे सुन्दरहरैंचा नगरपालिका  र पथरी शनिश्चरे नगरपालिकाका २ जना रहेका छन् ।

रातिकाे समयमा नेपाल प्रवेश गरेका उनिहरूलाई अहिले प्रहरीले रानीमा रोकेर राखेको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसंग समन्यन गरेर क्वारेन्टाइनमा पठाउन लागिएकाे 

रानी भन्सार प्रहरीले जनाइएको छ ।