Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भारतमा आजबाट रेलसेवा सञ्चालन

भारतमा आजबाट रेलसेवा सञ्चालन

alt
  • वैशाख ३०, २०७७
  • ब्लाष्ट खबर
 
एएनआई / भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट सञ्चालनमा आएको हो ।
 
यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो तर यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द गराइएको थियो । रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो । तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ ।
 
काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् । रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही बमोजिम सरकारले मंगलबारदेखि सो सेवाको सुरुआत गरेको बताएको छ । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ ।
 
नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुने छ । यी सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ । यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यहाँको रेलसेवा मन्त्रालयले कोभिढ १९ का विरामीका लागि यो सेवा बन्देज लगाएको छ ।
 
हरेक रेल स्टेसनको बाहिरै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ भने रेलमा प्रवेश गर्ने सबैले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको भारतको रेलसेवा मन्त्रालयले जानकारी दिएको छ । उता भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो देखिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामामात्र थप ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति

विराटनगर । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई आफ्नो समृद्धिको मुख्य ...

१४ वर्षमा पनि बनेन पुल

सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुल १४ वर्ष अघ ...

सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
धरान नगरको ‘बजेट होलिडे’: ऐन–कानून मिच्न धरान अगाडि
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग
बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो
धरानमा छतबाट लडेर एकको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved