पाँचथर / कोरना भाइरस कोभिड १९ को संक्रमणले देश दुई महिनादेखि लकडाउनको अवस्थामा छ । लामो समयको बन्दा वन्दीका कारण नागरिकको दैनिकी नै कष्टकर बनेको छ । स्थानीय तह हरुले अनावश्यक रुपमा हिड्डुल नगर्न उर्दी नै जारी गर्दै आएका छन । यस्तो अवस्थामा गाउँपालिका केन्द्रमा पुग्न पनि समस्या छ ।
महामारीको समयमा जनप्रतिनिधिलाई नागरिकको घर दैलोमा पुग्ने अवसर प्राप्त भएको छ । यसैको पछिल्लो उदाहरण हो पाँचथरको तुम्बेवा गाउँपालिका । अठ्यारो परिस्थितिमा नागरिकको घर आगनकै स्थानीय सरकारको आभास गाउँपालिकावासीले गर्न पाएका छन । लक डाउनको सुरुवाती समयदेखि नै गाउँपालिकाले पूर्व तयारी गर्दै आएको छ । गाउँ र टोल टोलमा ५० भन्दा बढि क्वारेन्टाइन स्थापना गरी व्यवस्थापन गर्दै आएको छ । त्यस्तै दैनिक उपभोग्य बस्तुको सहज आपूत्तिको लागि गाउँपालिकाको ट्याक्टर मार्फत गाउँ गाउँमा खाद्यन्य ढुवानी गर्दै आएको छ ।
गाउँपालिकाको कार्यालयबाट संचालन हुदै आएका सामाजिक सुरक्षा भत्ता, दीर्घरोगीहरुलाई औषधी उपचार, कोरना भाइरसको रोकथामको लागि पूर्व तयारीको काम पनि ग्रामिण वस्तीमा गर्दै आएको छ । गाउँपालिकामा २ हजार ८ सय घरधुरीका १३ हजार ५ सय १९ नागरिक रहेका छन । प्रत्येक घरधुरीमा दुइवटाको दरले साबुन यस अघि नै बितरण गरेको छ ।
त्यस्तै गाउँपालिकामा रहेका ३ सय जना दीर्घरोगीहरुलाई पनि निशुल्क औषधी बितरण गरेको छ । लक डाउनको अवस्थामा अस्पताल र गाउँपालिका केन्द्र पुग्न समस्या भएपछि सबै वडामा रहेका स्वास्थ्य चौकी, स्वायम सेविका मार्फत औषधी बितरण गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिमा रहेका दम, मुटु, मृगौला, सुगर, प्रेसर लगायत ३ सय भन्दा बढि नागरिकलाई टोल टोलमै औषधी बितरण गरिएको बताए । कार्यालयले १ लाख ७२ हजारमा औषधी खरिद गरि बितरण गर्दै आएको छ । अन्य छुटेका नागरिकलाई पनि निरन्तर बितरण गर्दै जाने अध्यक्ष थापाको भनाइ छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ सालको सामाजिक सुरक्षा क्षेत्रको रकम पनि नागरिकको घर दैलोमा पु¥याएको छ । ५ वटा वडाका असत्त, अपाङ्ग, बालबालिका र जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पनि गाउँमै लगेर बितरण गरेको हो । तुम्बेवाका १ हजार ६६ जना नागरिकलाई १ करोड ७ लाख ९३ हजार ८ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमै बितरण गरेको छ । गाउँपालिकाले लक डाउनबाट प्रभावित नागरिकलाई राहत बितरण गरेको थियो ।