ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकाे फुड बैंकमा धरान हङकङ मञ्च, हङकङले ६ लाख बराबरको राहत खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।

विश्वव्यापीरूपमा फैलीएकाे काेराेना महामारीका बेला जेपाल सरकारद्वारा जारी लकडाउनमा उपमहानगरमा रहका विपन्न, तथा दैनिक ज्याला दारी गरेर खाने मजदुरीहरूलाई राहत दिनका लागी ५ लाख बराबरको १० हजार ५ सय २६ केजी चामल  बुधबार मञ्चमा  परशुराम राईले उपमहानगर प्रमुख तिलक राईलाई हस्तान्तरणा गरेकाे हाे । 

उपमहानगरपालिकाले उपमहानगरपालिकाका भित्र रहेका सडक मानवहरूकाे व्यावस्थापनका लागी लाङ्घाली सामुदायिक वनक्षेत्रमा राख्दै अाएकाेमा मञ्चले उनिहरूकाे लागी पनि १ लाख बराबरको २ हजार १ सय ५ केजी चामल फुड बैकलाई प्रदान गरेकमाे छ ।

 हङकङमा रहेका धरानका विभिन्न वडागत संघ संस्था तथा आफू संकटमा रहेर पनि जन्मभूमिलाई केही सहयोग गरौ भन्ने भावनाका भएका हङकङमा रहने धरानवासीहरुकाे सहयोगले सहत सहयाेग संकलन भएकाे मञ्चका प्रतिनिधी राईले बताए ।

राहत सामाग्री ग्रहण पछि महानगरपालिकाका नगर प्रमुख  राईले मञ्चले धरानकाे विकास निर्माणमा निरन्तर सहयाेग गरीरहकाे स्मरण गर्दै  उक्त सहयाेगमा अाफ्नाे याेगदान दिने हङकङमा रहेका धराने प्रति अाभार व्यक्त गरेका छन् ।

राहत सामाग्री हस्तान्तरण कार्क्रममा उपमहानगरपालिकाका नगर प्रमुख तिलक  राई र धरान हङकङ मञ्चका धरान प्रतिनिधी परशुराम राई का साथै उपमहानगरपालिकाका  उपप्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल लगायत हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना,  ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डीराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।