देउराली । धरान उपमहानगरपालिकाले वडा नंं ४,५, ६, १७ र २० नंं वडाहरुलाई कृषी पकेट क्षेत्र घोषण गरेको छ । यि क्षेत्रमा स्थानीयले कृषी क्षेत्रलाई प्राथमिकता दिएर काम पनि गरिरहेका छन् । उनीहरु कृषीबाटै आत्मनिर्भरसमेत भइरहेका छन् ।  स्थानीय सरकारले भने ती कृषकहरुका लागि लोकप्रिय कार्यक्रम लान सकेको छैन् ।

धरान उपमहानगरपालिकामा कुल बजेटमा अत्यन्त न्युन बजेट कृषीमा विनियोजन गरेको छ । त्यही विनियोजन भएको बजेट पनि ११ प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ ।
कृषी महाशाखा प्रमुख अधिकृत नगेन्द्र तामाङका अनुसार धरान उपमहानगरपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा कृषी र पशुमा गरी जम्मा १ करोड बजेट विनियोजना भएता पनि कृषीबालीका लागी ४९ लाख मात्र रकम विनियोजन भएकोे थियो ।

कृषी शाखाको बनाएका अधिकांश योजनाहरु संचालनमा आउन सकेका छैनन् । झन चैत महिनादेखि कोरोनाको त्रासले तयार गरेका योजनाहरु पनि उपमहानगरपालिकाले कार्यन्वयन गर्न सकेको छैन् ।


97458994_234212087995405_8218249818716241920_o

 

 लौका, फर्सी, भण्डीकाे विउ वितरण, वडाले लगेकै छैनन् 

कृषकका लागि उपमहानगरले ठूलो राहतको कार्यक्रम लान नसके पनि तरकारीको विउ बितरण, कफीको विरुवा वितरण, टनेलका लागी केही प्लास्टिक वितरण र हालै मकैमा देखिएको फैजी किरा मार्ने विषाधी छर्कने काम गरेको छ । त्यो पनि लक्षित कृषकले नपाएको गुनासो  गर्दैं आएका छन् ।

अधिकृत तामाङका अनुसार लौका, फर्सी, भण्डी जस्ता ५ वटा तरकारीको सय ग्रामका ५० प्याकेटका दरले वडाहरुमा वितरण गरिएको भए पनि कृषी वडाको रुपमा रहेका वडाहरुले त्यस्ता तरकारी रोप्ने मौसम सकिदा सम्म पनि नलगेको बताए छन् । 

 कृषीको उर्भर क्षेत्र ४, ५, ६, १७ र  २०   नं. वडालाई मानिन्छ । तर  ५, १७, २० र २०  नम्बर वडाहरूले विउ हालसम्म वडामा लगेर वितरण नगरेको तामाङले बताएका छन् ।

फाैजी करीकाे विषादीकालागी ग्रिनहाउसकाे बजेट रकमान्तार 

कृषी अधिकृत तामाङले धरानमा भैरहेको कृषी र उपमहानगरकोे कृषी शाखामा बनेको योजनाहरु विच तालमेल नमीलेका कारण भर्खरै कृषकको वालीमा देखिएको फैजि कीराको लागी किटनाशक पनि अर्कै शिर्षकबाट रकमान्तर गरेर खरिद गरेकाे बताए ।

तामाङ्ले नगर सभाले ग्रिनहाउस निमार्णका लागी विनियोजित ५ लाख रकमलाई रकमान्तर गरी फाैजी कारी मार्न किटनाषक औषधी खरिद गरिएको बताए । ‘आपतकालिन शिर्षकको कुनै बजेट रहेन छ । अर्कै शिर्षकबाट रकम ल्याइ ४ लाख ५२ हजारको विषादी खरीद गरेर कृषकहरुलाई दिइएको छ । अझै ८० विगाहा भन्दा बढि जमिनको लागी कृषकहरुले विषादी मागी राखेका छन् । ' उनले भने ।  उनले माग गरेकाे विषादी खरीद गर्नकाेलागी बजेट नभएको  बताउदै विषादी खरीद प्रकृया पनि अन्याेलमा रहेकाे बताएका छन् ।

 

उनले च्याउ खेतीका लागी घर निर्माण, विउ खारिद र वितरणका लागी २ लाख ७९ हजार , दाना बताउने मेसिन खरीदका लागी ७० हजार, मिनि ट्रेलर वितरणका लागी ३ लाख १५ हजार, च्याउको पराल भिजाउने ट्याङ्की निमार्याकालागी १ लाख ८९ हजारकाे याेजना भएपनि काम भने हुन नसकेकाे बताएका छन् । उनले भने ' यस्ता धेरै याेजनाहरू छन् तर काम भएकाे छैन उपमहानगरमा हामी ३ जना प्राविधीक छाैं । समीतीले याेजना बनाउछ हामी कागज मिलाउने काम गर्छै । प्राविधीक सल्लाह भएर याेजनाहरू भएका छैनन् । धरानमा कृषी  विज्ञ पनि छैन । '

कृषीमा लगानी भइरहेकाे छ, कृषक भाग्यवादी भए –  नगर प्रमुख

यता, लकडाउनको समयमा पनि धरान उपमहानगरले कृषकहरुकालागी विउ तथा विसादी वितरण गरिरहको बताउदै धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राइले नगरले कृषी तथा पशुमा लगानी गरिरहेको  बताएका छन् । उनले आपतका बेला पनि कृषकका लागि केही राहत कार्यक्रम भैरहकाे जनाएका छन् ।

उनले कृषीकोलागी ती वडाहरुमा लगानी गरिरहको भएपनि नगरको कृषी सहुलीयत तथा राहत लिन कृषक बनेर आउने तर कृषी क्षेत्र घोषण गरे जग्गाको मुल्याङकन घट्ने भन्दै  नमान्ने गरेको बताएका हुन् । उनले कृषकहरु भाग्यवादी भएकोले नगरले दिएका कृषी उपकरणहरु पनि उपयो विहीन भएको बताएका छन् ।

कृषी सम्बन्धी उपमहानगरको निति फरक– ६ नम्बर वडाध्यक्ष

उपमहानगरको कृषी समीतीका सदस्य समेत रहेका वडानम्बर ६ का वडाध्यक्ष भुवसिंह बस्नेतले कुलो निमार्णकालागी १५ लाख बजेट विनियोजन भएपनि हुन नसकको बताएका छन् । उनले कृषी भ्रमण अनुगमा कालागी लकडाउनको केहि अघि मात्र इलाम र झापा कृषकहरु गएको बताउदै वडा मा २ वटा टनेल निर्माणकालागी प्लाष्टिक वितरण गरेको पनि जानकारी गारएका छन् । फैजी किरा मार्न नगरले दिएकाे विसादी मात्र अपर्याप्त रहकाेले वडा स्ताबाट पिन बजेट विनियाेजना गर्नुपरेकाे उनले बताएका छन् ।

उनले कृषी सम्वन्धी  नगरको निति फर रहेको बताउदै, गर्ने र बोल्ने फरक हुने गरेको बताएका छन् । 

वडाध्यक्ष बस्नेतले कृषकको पल्ट र कित्ताकाट भएको जग्गाको बिक्री वितरणमा समान मुल्यकाे बनाउन सके कृषी क्षेत्र घोषण गरे पनि फरक नपर्ने बताएका छन् । उनले भने ‘ कृषकको जग्गालाई तेरो कृषी क्षेत्र भनेर घोषण गर्ने मुल्य निर्धारण हुने अनि त्यही छेउको कित्ताकाट भएको जग्गा चाही जतीमा बेचेपनि हुने । यसाे हुदाँ प्लट जग्गा हुने कृषकलाइ नाेक्सान हुन्छ दुबै जग्गाको मुल्यमा एकरुकता आउनु पर्यो नी,  कृषको माग यहि छ । ’