भण्टाबारी ।  सुनसरीको कोशी गाउँपालिका क्षेत्रका आगलागी पीडितहरुलाई रेडक्रस सुनसरीले राहत वितरण गरेको छ ।
रेडक्रस सुनसरीले उपलब्ध गराएको राहत सामाग्री आगलागी पीडितहरुलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी र रेडक्रस भोक्राहाका अध्यक्ष युवराज दाहालले हस्तान्तरण गरेका थिए ।

कोशी गाउँपालिका वार्ड नम्बर ८ भण्टाबारीस्थित नन्कु टोलका कादिर मिया,वार्ड नम्बर ८ कोशी ब्यारेजका सुनर मिया, महबुद मिया र कोशी गाउँपालीका वार्ड नम्बर ४ का इस्माइल मियालाई रेडक्रसले राहत वितरण गरेको हो । रेडक्रस भोक्राहाका अध्यक्ष युवराज दाहालका अनुसार आगलागी पीडितहरुलाई एक एक थान त्रिपाल,भाडाकुडा, कपडा, बाल्टिन लगायतका राहत सामाग्री घरमै पुगेर हस्तान्तरण गरिएको हो ।