भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा स्थानियलाई स्वरोजगार बनाउन २९ लाख रुपैया बराबरको उद्यमशिलता कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाबासीलाई उद्यमसँग जोड्दै स्वरोजगार बनाउने उदेश्यले उद्यमशिलता कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्र सरकारबाट आएको ससर्त बजेटबाट स्थानीयलाई विभिन्न सामग्री हतान्तरण गर्नुका साथै तालिम समेत दिइएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीयलाई तालिमसँगै आवश्यक सामग्री हतान्तरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । कार्यक्रम मार्फत वडा नंम्बर ४ बास्तिम र वडा नंम्बर ५ सानोदुम्मका ६४ जनालाई १ लाख ८२ हजार ४०० बरावरको ८ दिने उद्यम विकास तालिम दिइएको छ ।

यस्तै वडा नंम्बर ५ मै १० जनालाई ३ महिने ढाका बुनाई तालिम र ९६ हजार मुल्य बरावरको १० थान ढाकाको तान हस्तान्तरण गरिएको छ । १८ जनालाई ७ दिने साबुन बनाउने तालिम र २८ हजार ५ सय मुल्य बरावरको १ थान सावुन कटर मेसिन वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार बास्तिमका १६ जना किसानलाई तालिमसँगै १५ केजी गड्यौला र २५ हजार बरावरको भर्मिक वेड समेत वितरण गरिएको छ । यता वडा नंम्बर २ तिवारीभञ्याङका ११ जना लघु उद्यमीलाई १ महिने स्तरउन्नोती सम्बन्धि सीप विकास तालिम दिईएको छ ।

कार्यक्रम अन्र्तगत वडा नम्बर १ श्यामशिलाका ७ जनालाई १५ दिने हाउस वायरिङ तालिम दिईएको उपाध्यक्ष जोत्सना राईले बताईन । सोहि कार्यक्रम अन्तर्गत २० जना उद्यमीलाई २० थान स्प्रेयर वितरण गरिनुुका साथै ७ जना टेलरिङ व्यवसायीलाई ९९ हजार बराबरको सिलाई मेसिन वितरण गरिएको छ ।

यस्तै ९ जनाको कृषक समूहलाई ८० हजार ९ सय मुल्य बरावरको एक थान हाते ट्याक्टर समेत वितरण गरिएको गाउपालिकाले जनाएको छ । तालिमसगै विभिन्न सामाग्री पाए पछि गाउपालिकाबासी खुुसी भएका छन ।