सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ स्थित सुनसरी खोला नजिक मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तरतर्फ राजमार्ग क्रस गर्दै गरेको को १९ प ९९६५ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ बस्ने रज्जाक मन्सुरीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि जिल्ला अस्पताल लाने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार सोही दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने दशतकिर खान र वडा नम्बर १० बस्ने बहिस अन्सारी रहेका छन्