सुनसरी/ प्रेस चौतारी नेपाल सुनसरीले आसन्न राष्ट्रिय अधिवेशनका लागि सुनसरीबाट केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका उमेद्वार बनाउने निर्णय गरेको छ ।
प्रेस चौतारी सुनसरीको आज धरानमा बसेको बैठकले यही जेठ ६, ७ र ८ गते काठमाडौंमा हुने राष्ट्रिय अधिवेशनमा कोशी अञ्चल इन्चार्ज लिलाराज भट्टराईलाई प्रदेश नम्वर एक वाट केन्द्रीय उपाध्यक्ष र जिल्ला अध्यक्ष देवेन्द्र कार्कीलाई केन्द्रीय सदस्यको उमेद्वार बनाउँने निर्णय गरेको हो । बैठकले आफ्नो जिल्लाबाट केन्द्रीय नेतृत्वमा पु¥याउँन सबै प्रतिनिधि एकजुट हुने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य निलिफा सुब्वालगायतको उपस्थिति रहेको थियो ।
प्रदेश नम्वर एकको उपाध्यक्षका लागि अगाडि सारिएका उमेद्वार लिलाराज भट्टराई विगत १८ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ । उहाँ हाल सप्तकोशी एफएममा समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । प्रेस चौतारी नेपाल सुनसरीको कोषाध्यक्ष,सचिव,अध्यक्ष हुदै उहाँ केन्द्रीय सदस्य एवँ कोशी अञ्चल इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । भटटराई ताप्लेजुडको ढुगेसाँघु स्थित मैवाखोला माविमा कक्षा छ मा छदै अनेरास्ववियूको प्राक सचिव हुनुहुन्थ्यो । मैवाखोला मावि त्यहि विद्यालय हो जहाँ जननेता मदन भण्डारीले अध्यन गर्नुभएको थियो । उहा आम संचार र पत्रकारीताको विद्यार्थी हुनु हुन्छ ।
केन्द्रीय सदस्यको उमेद्वार कार्की विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । ब्लाष्ट दैनिकमा समाचार सम्पादक रहनु भएका कार्की प्रेस चौतारी सुनसरीको अध्यक्ष हुनुहुन्छ । उहाँ जनता टाइम्स साप्ताहिकका सम्पादक तथा नया पत्रिका दैनिकमा समेत आवद्ध हुनु हुन्छ । प्रेस चौतारी सुनसरीको सदस्य,सचिव हुदै अध्यक्ष वन्नुभएको हो ।