KP-Oli प्रधानमन्त्रि केपी शर्मा ओलीले पुर्ननिर्माणको कार्यलाई पाँच बर्ष भित्र पुरा गर्ने खाका सार्बजनिक गरेका छन् । उनले पाँच बर्ष भित्रमा घर,शैक्षिक क्षेत्र र सार्बजनिक सम्पतीको पुर्ननिर्माण गरिसक्ने खाता बिहिबार सार्बजनिक गरेका हुन ।उनले  पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बका बजेट आवश्यकता पर्ने आँकडा समते संसदमा प्रस्तुत गरेका छन् । राष्ट्रिय योजना आयोगले गरेको पूर्वानुमान प्रतिवेदनमा ६ खर्ब ६९ अर्बको अनुमानीत लागत सहितको प्रतिबेदन तयार पारीएको थियो । सोहि प्रतिबेदनमा भएको प्रावधानअनुसार विस्तृत प्रतिवेदन तयार पारिएको हो प्रधानमन्त्रि ओलीले भने‘ विभिन्न कारणले लागत अलिकति बढेको छ । प्रधानमन्त्री ओलीका अनुसार २० वटा क्षेत्रगत र विषयगत योजनाहरु प्रतिवेदनमा राखिएको छ । यो सँगै अब भुकम्पले क्षति पु¥याएका संम्रचनाहरुको पुर्ननिर्माणले गति लिने अपेक्षा गरिएको छ ।