
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला भएको पारवाहान सम्झौताको प्रतिफल उक्त रेल सेवा बिस्तार भएको हो। उक्त रेलले हाल सामानहरु मात्र बोक्ने छ।
८६ वटा कार्गो कन्टेनर भएको उक्त रेलले दैनिक उपभोगका सामान लगायत बिभिन्न सामाग्रीहरु बोक्ने चीनको रेल कन्टेनर संस्थानले जनाएको चीनको प्रमुख मिडिया पिपुल डट सीएनले जनाएको छ। बैशाख २९ मा चीनको लान्ठोउबाट हिडेको उक्त रेल सिगात्सेसम्म २४३१ किमीको यात्रा तय गर्ने छ।
सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमीको सडक यात्रा तय गर्दै काठमाडौंसम्म आउने छ। उक्त सेवाले सामुन्द्रिक बाटो हुँदै भारत भएर नेपाल आउने चिनियाँ सामाग्री लगभग ३५ दिन चाँडो नेपाल आईपुग्ने बिश्वास गरिएको छ।
तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। चीनको सिगात्से ल्याइपुस्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।चाइना डेलीका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर २०२० सम्म काठमाडौंमा रेल ल्याउने चीनको योजना छ।
चिनियाँ विज्ञ वाङ मेङ्सुका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ् यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ मार्ग बनाउने विषय उठान भएको जनाइएको छ।
नेपाल सरकारले भने नेपाल(चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने छ। ६ वर्षपछि केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउन रेलवे विभागले तयार पारेको रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्रिय योजना आयोगले स्वीकृत गरिसकेको छ।
चीनसँगको पारवाहान सम्झौताको तयारी देखि नै नेपालसँग असन्तोष प्रकट गर्दै आएको भारतकालागि यो नयाँ टाउको दुखाइ हुनेछ। नेपाल मामिलामा भारत सरकार असफल हुँदै आएको भारतीय बिपक्षी दलहरुको निरन्तरको बिरोधमा नेपाल–चीन सिधा रेल सेवा सुरुवातले भारती राजनिती तातिने अनुमान गरिएको छ।नयाँ पेजबाट