सत्य निरुपण तथा मेलमिलाप आयोगबाट एमाओबादीलाई खुम्चयाउने दाउमा रहेका नेपाली काङग्रेशका सभापती शेरबहादुर देउवा तथा पुर्ब प्रधानसेनापती रुक्माङगत कटुवाल बिरुद्ध उजुरी परेको छ । कालिकोटको कोटवाडा विमानस्थल बनाउँदै गरेका ३५ जना निर्दोष मजदुर मारिएकोमा देउवा र कटुवाल बिरुद्ध उजुरी परेको हो । देउवा त्यसबेला प्रधानमन्त्रि थिए भने कटुवाल प्रधानसेनापनि थिए ।ं०५९ साल फागुन ११ गते कालिकोटको कोटवाडामा मारिएका १४ मजदुरका आफन्तले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका हुन । कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका मजदुरहरुका आफन्तजनहरुले देउवा र कटुवाल बिरुद्ध उजुरी गरेका हुन । धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका १७ जना त्यतिबेला विमानस्थलमा मजदुरी गर्ने मजदुरहरु थिए । तात्कालिन सेनाको आक्रमणमा उनीहरु लगायत गरी ३५ मारिएका थिए । उनीहरूका विरूद्द १४ पिडित परिवारले उजुरी दर्ता गराएका हुन् । घटनाबिरुद्ध सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन ।
यी थिए कोटवाडामा मारिएका मजदुर
१. चित्र बहादुर प्रजा–धादिङ, २.डिल्ली प्रजा –धादिङ, ३. शेर बहादुर प्रजा–धादिङ, ४.कुम्ले प्रजा–धादिङ, ५.राम बहादुर प्रजा–धादिङ, ६.विकास प्रजा–धादिङ, ७. टेक बहादुर विक–धादिङ, ८.सानु विक–धादिङ, ९. टेक बहादुर गुरुङ–धादिङ, १०. गोकर्ण बहादुर गुरुङ–धादिङ, ११.कान्छा प्रजा–धादिङ, १२.मन्जु थापामगर–धादिङ, १३. बुद्द बहादुर प्रजा –धादिङ, १४. राजकुमार श्र्रेष्ठ–धादिङ, १५. राजकुमार विक–धादिङ, १६. भिम बहादुर थापामगर–धादिङ, १७ ज्ञान बहादुर थापामगर–धादिङ, १८. जतारे लतामगर– तनहुँ, १९. प्रदिप राई–इलाम, २०. कुमार थापा–गोरखा, २१. प्रेम लामा (माइला) –काभ्रे, २२. हर्क तामाङ–रामेछाप, २३. पासाङ लामा–काभ्रे, २४. बुद्दमान च्याङ्बा–मकवानपुर, २५.चित्र बहादुर राई–सोलुखुम्बु, २६. निरकुमार खत्री–भोजपुर, २७. कृष्ण थापा–मोरङ्, २८. लालबहादुर कठायत –कोटवाडा, २९. भिम बहादुर कठायत–कोटवाडा, ३०. गोर्खे कठायत –कोटवाडा, ३१. गणेश विष्ट–कोटवाडा, ३२. टेक विष्ट–कोटवाडा, ३३. गंगा विष्ट–कोटवाडा, ३४. तेन्जिङनोर्बु शेर्पा–सोलुखुम्बु, ३५. नोर्बु शेर्पा–सोलुखुम्बु ।
बिभिन्न अनलाईनहरुको सहयोगमा