काठमाडौं / तीन दिनअघि अपहरणमा परेका उद्योगी सुरेश केडिया आइतबार भारतबाट अपहरणमुक्त भएका छन् । बाराबाट अपहरणमा परेका व्यापारी केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त भएको प्रहरीले जनाएको छ ।
नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरेको थियो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको बताइएको छ ।
पक्राउ परेका व्यक्ति अपहरणमा प्रयोग भएको गाडीका धनि भएको बताइएको छ । अपहरणमा संलग्न अन्य तीन जना फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
अपहरणमा बब्बु दुबे समुहको संलग्ता
प्रहरी उच्च स्रोतका अनुसार अपहरण बिहारको कुख्यात मानिएको बब्बु दुबे समुहबाट गराइएको बताइएको छ । बब्बु मोतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् ।
सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लगत्तै हत्या, अपहरण र फिरौती सुरु भएको स्थानियले बताए । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन् । स्रोतका अनुसार विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेको बताईएको छ ।
खुल्ला सिमाना र सुरक्षाकर्मीको लापरवाहीको फाइदा उठाएर त्रास कायम गराउन सफल देखिएका छन् । डर, त्रास र भय मुक्त वातावरणमा जीवनयापन गर्न नपाईरहेकोव्यवसायीहरुबताउछन् ।
पछिल्लो केही वर्षयता सुरक्षित अनुभव गरेका उद्योगी व्यापारीले नीजि सुरक्षा गार्ड (पिएसओ)समेत फिर्ता गरेका थिए । बिहीबार साँझको अपहरण र गोली काण्डले जनजीवन पुन आतंकित बनाएको उनीहरु बताउछन् ।
गत बिहीबार आफ्नो उद्योगबाट घर फर्कने क्रममा महागढीमाई नगरपालिका बरियारपुरको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले केडियालाई अपहरण गरेको थियो ।