ताप्लेजुङ/ ताप्लेजुङका ६ गाविसका पहिरोपीडित परिवारलाई सेवा फाउण्डेसन अमेरिकाको आर्थिक सहयोगमा खानेपानीको पाइप वितरण गरिएको छ ।
पहिरोले मुहानसँगै खानेपानीको पाइप र घर बगाएका जिल्लाका सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङ्लाबू गाविसका पीडित परिवारलाई सेवा फाउण्डेसनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ र paa

डिचेन डोङ्गला  स्मारक आँखा उपचार केन्द्रले १२ लाख मूल्यबराबरको खानेपानीको पाइप वितरण गरेको हो ।
पहिरोपीडित परिवारको मागबमोजिम जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा विभिन्न साइजका पाइप खोक्लिङ गाविसमा ५ हजार एक सय, लिवाङमा ९ हजार एक सय, लिङ्तेपमा २ हजार, खाम्लुङमा २ हजार एक सय, थिङ्लाबूमा २ हजार चार सय र सान्थाक्रामा २ हजार सात सय मिटर वितरण गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका अध्यक्ष मुक्ति पौडेलले बताए । तीन गाविसमा ५०, ४०, ३२, २५, २० र १६ एमएमका पाईप वितरण गरिएको हो ।
पहिरोपीडित परिवारले खानेपानीको अभावमा आकाशे पानी थापेर प्रयोग गरिरहेको र घण्टौंसम्म पानी लिन जानुपर्ने बाध्यता भएका कारण विपत् व्यवस्थापन समितिको समन्वयमा खानेपानीको पाइप वितरण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाण्डे पाण्डेले बताए ।
खानेपानीको व्यवस्थापनका लागि खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय ताप्लेजुङले पनि मुहान सर्वेक्षण, ट्याङ्की व्यवस्थापन र वितरणको योजना बनाइरहेकाले यो सहयोगले आपूहरुलाई काम गर्न अभैm सहज हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख इञ्जिनियर रामप्रसाद दाहालले बताए ।
खानेपानीको पाइप ट्रयाक्टरमार्पmत् पहिरोप्रभावित क्षेत्र नजिकै हान्द्रुङमा लगे शनिबार दिउँसो एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले गाविस सचिवमार्पmत् पहिरोपीडितलाई वितरण गरेका थिए ।
गत वर्षको जेठ २७ मा आएको पहिरोका कारण यी गाविसमा ६९ जनाले ज्यान गुमाएका थिए भने सयौं परिवार विस्थापित भएका छन् ।