धरान/राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा दोषि भनिएका उनका प्रेमी निर्देाश भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो बोलेको वा नबोलेको भन्ने तथ्य पत्ता लगाउन मङगलबार पोलिग्रफ गरिएकोथियो।
मनिषाको पोर्समाटम रिपोर्टमा डाक्टरले ‘झुण्डिएर’ मृत्यु भएको रिपोर्ट दिएको छ । हत्या को आशंकामा पक्राउ परेका आषिशले आफुहरु बिच हात हालाहात भएपनि आफुले हत्या नगरेको बयान प्रहरीलाई दिएका थिए । फेसबुकको पासपोर्ट को बिषयमा बिबाद हुदा आफुहरु बिच हात हालाहाल भएपनि हत्या नगरेको आषिसले प्रहरीलाई बयान दिएका थिए । आशिषले साचो बोलेको हो हैन भन्ने पत्ता लगाउन प्रहरीले उच्च स्तरीय प्रबिधि ‘पोलिग्राफ’ गरेको थियो । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ ।
बुधबार बिहान प्रहरीले पत्रकार सम्मेलन गर्दै आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएकोे प्रहरीले बताएको हो ।
प्रहरीका अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको रिपोर्टमा आशिषले अहिलेसम्म झुटो नबोलेको पाईयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए ।यो सँगै मनिषा मृत्यु प्रकरणले नयाँ रुप लिने देखिएको छ । प्रहरी श्रोतका अनुसार अब आषिशले हत्या गरेको पुष्टि नभएपछि यो आत्माहत्या नै भएको प्रारम्भिक निश्कर्ष प्रहरीको छ । तर बाहिर तात्तिएको माहोललाई शान्त पार्नपनि प्रहरीले अनुसन्धानलाई थप केहि दिन बढाउनु पर्ने बाध्ययता छ श्रोतले भन्यो ।
बिमलले फेसबुकमा यस्तो लेखे
सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो । बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।
Sano xda babu ghumaye babu pani desh ko lagi ladnu huntheo bistarii teo pida vhuldaii jada aja 10 basra vako thiyo aja arko pida thapiyo mero faimly ma babu ni desh ko lagi kati garnu vo ani maile pani desh ko lagi kati garey tara mero gharma yesto huda sarkar le kai garena vane yo desh ko lagi garera k kaaam yauta aja desh ko lagi garney manxey laii suraxya xoina vane aru aaam nepali janta kasari basnu yo Nepal ma mero bainiko hatya garney manxey laii karbahi vayena vane yo desh ko lagi k ganu aja ma roii raheko xu voli aru koi roii raheko hola malai sab ko sath chaiyeko x apa desh ko lagi lade apa bainiko lagi ladxu .