mahila

तरहरा/ महिला सशक्तीकरण समूह तरहराले समूहमा आवद्ध पाँच दर्जनभन्दा बढीलाई पत्रकारिताबारे जानकारीमूलक तालिम दिएको छ । महिलाहरुलाई आप्नो अधिकारी कसरी पाइन्छ, समाजमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पत्रकारिताबारे जानकारीमूलक तालिम दिइएको समूहले जनाएको छ ।
रेडियो, टिभी र छापा माध्यमको विषयमा सचिन पोखरेल, चेतन धमला र धनबहादुर पुरीले उनीहरुलाई तालिम दिएका थिए । उद्घाटन कार्यक्रम समूहकी अध्यक्ष धर्मा गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति मणिराम श्रेष्ठ, एमाले वडा नम्बर २४ का अध्यक्ष वसन्त श्रेष्ठ, एमाओवादीका केशर प्रधान, काङ्ग्रेस नेता चन्द्र गिरी, खेमराज दाहाल, सगुन सहकारीका अध्यक्ष टीकादत्त वन, संयुक्त वडा सचिव सञ्जीवकुमार खड्का, संस्थापक अध्यक्ष राधा घिमिरे लगायतले बोलेका थिए ।
जनता क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख सञ्जु अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्रकला कटुवाल, अम्बिका तिम्सिना, सविता निरौला, कल्पना वन लगायतले बोलेका थिए ।