bhuभूपेन्द्र तिम्सिना
शनिश्चरे/उमेरले बसिखाने बेला भइसकेपछि आपूलाई अरुले पाल्नुको साटो आपूले परिवार पाल्ने नयाँ जिम्मेवारी थपिएपछि मोरङको कोशीहरैंचा–३ विराटचोकका ८३ वर्षीय केदार गौतम समस्यामा छन् ।
बुधबारे हाट लाग्ने ठाउँ नजिकै छ गौतम परिवारको घर । केदारकी ५५ वर्षीया छोरी तारालाई थुनेर राखिएन भने हराएर हैरान लगाउँछिन् । घरभित्र जहींतहीं दिसापिसाब गर्छिन् । ४८ वर्षीया अर्की छोरी रुपाकुमारी अहउँदा मात्र सामान्य काम गर्न सक्छिन् । उनको बोली छैन । दुई छोरीको यस्तो हालत भइरहँदा उनकी आमा ८० वर्षीया प्रेमकुमारी ४ महिना अघिदेखि प्यारालाइसिस भएर ओछ्यान परेकी छिन् । उनी दिसा–पिसाब ओछ्यानमै गरेको पनि थाहा पाउँदिनन् ।
केदारका २ छोरामध्ये जेठो रामनाथ पनि मानसिक हिसाबले गर्ने काम पर्याप्त गर्न सक्दैनन् । कान्छो नारायण खाटमा किराना पसल थापेर सामान्य आम्दानी गर्छन् । त्यसबाहेक परिवारको आम्दानीको कुनै स्रोत छैन । त्यही पसलबाट आश्रित २ छोराका २ श्रीमतीका साथै ६ जना छोराछोरी समेत छन् । उनीहरुको कथाव्यथा बुभ्mने जोकोहीलाई पनि भावुक बनाउने गर्छ ।
सामान्य खेती किसानी परिवारका केदार मानसिक समस्याले ग्रसित छोरीहरु लिएर २०५० सालमा बसाइ सरेर विराटचोक झरे । त्यो बेला प्रेमकुमारी हिँडडुल गर्नसक्ने अवस्थाकी भएपनि खासै घर व्यवहार धान्ने काममा भरथेग गर्न सक्दिन थिइन् । ‘मधेश झरेर केही सजिलो होला कि भनियो ।
केदारले आप्mनो बुताले भ्याएसम्म अँधिया खेती गरेर परिवारलाई जेनतेन हातमुख जोडाउँदै आएका थिए । ‘तर अब मपनि खेतीको काम गर्न सक्दिन । अरुले पनि झन् सक्दैनन् । छोराको खाटको किराना पसलको थोरै नाफाका भरमा यसरी कहिलेसम्म बाँचिएला ?’, थप बिलौना गरे, ‘खै अब कसले के नै गरिदेला र ? उपचार हुन सक्नेसम्मलाई उपचार गराएर निको पार्न पाए त हुन्थ्यो भन्ने आश लाग्छ ।’
प्रेमकुमारीलाई भारतसम्म पु¥याएर उपचार गर्दापनि अलिकति पनि बिसेक भएन । उल्टै भएको केही रकम पनि सकियो । तारादेवीले उपद्रो गरेर गोठनजिक बस्ने ठाउँ बनाएर थुनेर राखिएको अवस्थामा नेपाल अपाङ्ग महिला संस्था मोरङ र राष्ट्रिय मानवअधिकार आयोगको पहलमा २ साताअघि त्यहाँबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । मानसिक अपाङ्गता भएकाहरुको उपचारका लागि मात्रिका देवकोटाको अगुवाइमा स्थापना भएको ‘कोसिस’ नामक संस्थाले उपचार गरिरहेको नेपाल अपाङ्ग महिला सङ्घ मोरङकी सचिव मीना आचार्यले बताइन् । ‘विवाह गरेर गएको घरमा समस्या भएपछि उनको मानसिक विचलन आएको रहेछ । उनलाई केही गर्न सकिन्छ भन्ने बुझेर उपचारका लागि लगिएको हो’, उनले भनिन् ‘उपचार लाग्नेसम्मलाई उपचारमा सहयोगी भेटिए परिवारको बिजोग अलि कम हुने थियो कि ?’ आप्नो संस्थाकै पहलमा ती २ छोरीलाई तीन वर्ष अघिदेखि अपाङ्गताको रातो कार्ड वितरण भएको उनले जनाइन् ।
उता, सोही नगरपालिका–७ की चन्दा घिमिरे पनि आप्नो २२ वर्षीय छोरा विजय घिमिरे पनि अपाङ्गताको शिकार भएपछि ज्यादै चिन्तिन छन् । बाहिर छोडेमा अन्यत्र गएर हराउने समस्या भएपछि उनी छोरालाई खोरमा थुन्न बाध्य भएकी छन् । मानसिक समस्याका उनका बाबु १७ वर्षदेखि बेपत्ता भएपछि सुस्त अवस्थाको छोरालाई १५ वर्ष अघिदेखि थुनेर राख्न बाध्य हुनु परेको चन्दाले सुनाइन् । आर्थिक कमजोर भएका कारण छोराको उपचार गर्न नसको भन्दै उपचारका लागि उनले हारगुहार समेत मागिन् । उनका २ छोरीमा भने शारीरिक र मानसिक कुनै समस्या छैन । आप्mनो सुरमा सामान्य बोल्ने विजयलाई छाडिदिँदा फर्केर घर आउन नजान्ने समस्याले धेरैपटक हराएर खोजेर ल्याइएपछि खोरमा ताला लगाइदिएर राख्नु परेको बाध्यता उनले बताइन् । विजयले पनि अपाङ्गताको रातो पाएर भत्ता पाउने गरेका छन् ।