तरहरा/ वैदेशिक रोजगारीमा लैजाने नाममा सुनसरीमा दर्जनौं युवा ठगिएका छन् । विभिन्न देशमा लैजाने भनेर रकम  र राहदानी लगेपछि फिर्ता नगरेको भन्दै सुनसरीका केही युवाले प्रहरी कार्यालयमा उजुरी हालेका छन् । सुनसरीकै अबुल मियाँ बताउने एजेण्ट इनरुवा तथा सो क्षेत्रका युवालाई विदेश पठाउने भन्दै लाखौँ ठगेर फरार भएका छन् ।इनरुवा नगरपालिका–९ का मिश्रीलाल मेहेताले विदेश लैजान्छु भन्दै एजेण्टBaideshik-Rojgar1ले ठगेको बताएका छन् । उनले आपूलाई साउदीको सुपर मार्केटमा काम लगाइदिने भन्दै एक वर्षअघि एक लाख रुपैयाँ र राहदानी लगेपनि अहिलेसम्म फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी हालेका छन् । भने, ‘मलाई एजेण्टले ठग्नु ठग्यो, न विदेश पठायो न पैसा फिर्ता दियो ।’ साहुको ऋण काढेर विदेश जाने तयारीमा रहेको उनले बल्लबल्ल बनाएको राहदानी समेत गायब गरेको दुखेसो गरे । आरोपित मियाँ भने केही समययता सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनरुवा–९ कै विनोद मेहेता, इनरुवा–७ का सुनिल मण्डल, इनरुवा–९ का चन्दन मेहेता, इनरुवा–२ का शिवनारायण मेहेता लगायतलाई समेत ठगी गरी विदेश नपठाएको र अहिलेसम्म पैसा र राहदानीनै नदिएको भन्दै उनीहरूले दुखेसो गरेका छन् । यस्तै भोक्राह–८ का सलाउदिन अन्सारीले पनि आपूmलाई वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएका छन् । अधिकांश एजेण्टले विदेश पठाउने भन्दै रकम लिने तर प्रमाण नदिने गरेको पीडितहरुले बताएका छन् । देवानगञ्ज–१ का उमेश मेहेताले आपूmलाई एजेण्टले ठगेकै कारण कन्तबिजोक भएको गुनासो गरे । एजेण्टले मलेसिया पठाइदिन्छु भनेपछि  एक लाख ३० हजार रुपैयाँ ऋण काढेर दिएको उनले दुखेसो गरे । ‘पैसा फिर्ता गर्छु भनेर कागज समेत गरेको थियो तर अहिले लापत्ता छ’, उनले दुखेसो गरे । उनीहरुसँगै दर्जनांले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा लैजाने भनेर ठगी गरेको भन्दै जिप्रका सुनसरीमा धेरै उजुरी परिरहेको एसपी पोषराज पोखरेलले बताए । ‘पैसा दिएको प्रमाण छैन, तर उनीहरूले आपू ठगिएँ भन्दै उजुरी गर्ने गरेका छन्’, पोखरेलले भने, ‘ठगी गर्नेहरु पनि भेटिँदैनन्, भेटिए पनि पीडितहरुसँग प्रमाण नहुँदा समस्या भइरहेको छ ।’