धरान /बेलायतको चर्चित पत्रिका फोर्बसे नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएको उल्लेख गरेको छ ।फोर्बसले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाहरूको नयाँ सूचीमा नेपालबाट पहिलोपटक राष्ट्रपति बिद्यादेबि भण्डारी पर्न सफल भएकी हुन ।
राष्ट्रपति भण्डारी विश्वका ५२ औ शक्तिशाली महिलाको सूचीमा परेकी भनेको छ ‘राष्ट्रपति भण्डारीले राजनैतिक निर्णय निर्माणमा ठुलो प्रभाव पार्न सक्छिन् ।लामो राजनैतिक अनुभाब भएकी भण्डारीले शक्तिशाली महिलाहरूको सूचीमा थप प्रगति गर्न सक्नेपनि अनुमान गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । फोब्र्सको सूचीमा भारतीय नेतृ सोनिया गान्धी भने शक्तिशाली महिलाको सूचिमा परिनन् । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनबाट यो वर्ष ९ महिलाहरू फोब्र्सको शक्तिशाली महिलाको सूचिमा परेका छन् । फोब्र्सका अनुसार विश्वका सबैभन्दा शक्तिशाली सय महिलाले दुनियाको १० खर्ब डलर सम्पत्तिमा नियन्त्रण राख्दछन् र ३ अर्ब ६० करोड मानिसलाई प्रभावित गर्दछन् ।जर्मन चान्सलर एन्जेला मर्केल विश्वकै सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् ।